गोदावरीका तीन ओटै नदी ठेक्कामा, खुटियामा आजदेखि उत्खनन्

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले तीन ओटै नदीको ठेक्का प्रक्रिया सम्पन्न गरेको छ ।

नगरपालिका भित्रका खुटिया, गोदावरी र खैराना गरी तीनवटै नदीको ठेक्का प्रक्रिया नगरपालिकाले सम्पन्न गरेको हो । ठेक्का प्रक्रिया सम्पन्न भएसंगै तीनवटै नदीबाट नदीजन्य पर्दाथ उत्खनन् सुरु भएको छ ।

nisarga

खैराना र गोदावरी नदीबाट कात्र्तिक १० गतेदेखि नै नदीजन्य पर्दाथ उत्खनन् सुरु भएको थियो भने खुटिया नदीमा आजदेखि उत्खनन् सुरु भएको हो । खुटिया नदी गोदावरी नगरपालिकाको आन्तरिक आम्दानीको सबैभन्दा बलियो स्रोत हो ।

खुटिया नदी उत्खनन्का लागि गोदावरी नगरपालिकाले मूल्य अभिवृद्धी कर बाहेक ५ करोड ८७ लाख ८० हजार ७८६ मा र खैराना नदी १ करोड ४० लाख १० रुपैँयामा गत असोज २८ गते बालाजी कन्सट्रक्सनसंग ठेक्का सम्झौता गरेको थियो ।

त्यस्तै गोदावरी नदी उत्खनन्का लागि सोनी कन्सट्रक्सनसंग १ करोड ६० लाखमा सम्झौता भएको थियो ।