सुन र चाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

Image
maya metro

नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

आज सुन ५०० र चाँदी ६० रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार ५०० ले घटेर एक तोला सुनको मूल्य २ लाख ४९ हजार ७०० कायम भएको छ।

nisarga

अघिल्लो दिन बिहीबार ५ हजार ९०० ले वृद्धि भएर एक तोला सुनको मूल्य २ लाख ५० हजार २०० पुगेको थियो।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। यसदिन ६० रुपैयाँले घटेर चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।