
अत्तरिया – कैलालीमा २० ग्राम ६१० मिलिग्राम लागूऔषध खैराे हेराेइनसहित ९ जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानमा गरी गरेको चेकजाँचका क्रममा २० ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित चार वटा मोटरसाइकल र ९ जनालाई पक्राउ गरेको हाे ।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकमा चेकजाँचका क्रममा डडेल्धुराकाे पर्शुराम नगरपालिका–१० बस्ने ३५ वर्षीय गणेशबहादुर डागीसहित तीन जनालाई पक्राउ गरेको छ ।
उनले चलाएकोम २ प ३१०७ नम्बरको मोटरसाइकल र पछाडि सवार डोटीकाे जोरायल गाउँपालिका–२ बस्ने २० वर्षीया डम्मरी भण्डारी र डेल्धुराकाे आलीताल गाउँपालिका-३ बस्ने ३० वर्षीय डम्मर बोहरा रहेका छन् ।
उनीहरूकाे साथबाट ९ ग्राम २९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हाे । यस्तै, भजनी नगरपालिका–३ काे कुसमघाटमा गरिएको चेकजाँचमा दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सु.प.प्र.०१–००९ प ३५११ नम्बरको मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका-१ थकालीपुर बस्ने १९ वर्षीय रिजन मगर र पछाडि सवार २२ वर्षीय आकाश चौधरी रहेका छन् ।
उनीहरूकाे साथबाट ५ ग्राम ४२० मिलिग्रामखैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। गोदावरी नगरपालिका–५ काे गेटा मा थप दुई जनालाई पक्राउ गरिएको छ । चेकजाँचका क्रममा बिजय बिष्टले चलाएको से ६ प ७५९४ नम्बरको मोटरसाइकल र पछाडि सवार राज चौधरीको साथबाट ५ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन फेला पारी मोटरसाइकलसहित दुवैलाई नियन्त्रणमा लिइएको छ।
त्यसैगरी, लम्कीचुहा नगरपालिका-६ पिपरकोटी बस्ने २९ वर्षीय कमल जैसी र २६ वर्षीय लक्ष्मण बोहरालाई बागमार क्षेत्रबाट पक्राउ गरिएको छ ।
उनीहरूकाे साथबाट १५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।















