
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर ३ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । गत आइतबार चाँदी ३ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।













