सरोकारवालासंग समन्वय गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइने

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले सरोकारवालासंग समन्वय गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने भएको छ ।

बुधबार नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले सरोकारवालासंग गरेको छलफलले समन्वय गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने निष्कर्ष निकालेको हो ।

nisarga

नगरपालिकाभित्र रही लैङ्गिक हिंसा न्यूनिकरणका लागि कार्य गर्दै आइरहेका विभिन्न संघ संस्थाहरुले पनि आ आफ्नो कार्यतालिका बमोजिम पायक पर्ने वडाहरुमा जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने भएका छन् ।

हरेक वर्षको २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ ।