
नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले जितको सुरूवात गरेको छ। बिहिबार भएको खेलमा लुम्बिनीले चितवन राइनोजमाथि ६ विकेटले जित हात पारेको हो।
१८.३ ओभर खेलेको लुम्बिनीका लागि रोहित पौडेल ३९ रन बनाए भने सन्दीप जोराले २८, डी आर्की र दिलिप नाथले क्रशम ११ र १० रन बनाए। गुवाबदिन नैव ४४ रनमा अविजित रहे।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनका लागि रवि बोपराले ५५ बलमा ४ चौका र तीन छक्काको मद्धतमा ६६ रन बनाए। त्यस्तै कुशल मल्लले १८ बलमा २१ रन बनाए। त्यसैगरी सैफ जैवले १५, देव खनालले १४ र दीपक बोहाराले १० रन बनाए।
त्यस्तै बलिङतर्फ लुम्बिनीका रूवेन ट्रुम्पलेन सर्वाधिक तीन विकेट लिए भने अभिशेष गौतम र गुलाबदिन नैवले दुई विकेट लिए।
यस अगाडि चितवनले कर्णाली याक्सलाई पराजित गरेको थियो।

















