धनगढीमा एमाले नेता बस्नेत पुग्दा तनाव

Image
maya metro

धनगढी – नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजी युवाहरुलाई युवा संघका युवाहरुले लखेटेका छन । एमाले नेता बस्नेत धनगढी आउने भएपछि जेनजी युवाहरुले धनगढीको जेन्जी चोकमा प्ले कार्ड सहित, कालोपट्टी बाधेर विरोध गरेका थिए ।
बस्नेतलाई युवासँघका युवाहरुले धनगढी विमानस्थलबाट मोटरसाईकलमा स्कटिङ गरेर ल्याएका थिए । स्कटिङकै क्रममा जेनजी चोकमा नाराबाजी गरिरहेका जेनजी युवाहरुलाई उनीहरुले लखेटेका थिए ।

युवासंको प्रतिकारमा जेनजी युवती सरिता जोशी घाइते भएकि छन । उनको हातमा चोट लागेको छ । सरिताको निसर्ग अस्पतालमा उपचार भईरहेको छ । धनगढीमा एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेश स्तरिय भेलालाई सम्बोधन गर्न नेता महेश बस्नेत धनगढी आएका हुन ।

nisarga

उनी आउने भएपछि जेनजी युवाहरुले धनगढीको सडकमा प्ले कार्ड सहित बिरोध सुरु गरेका थिए । उनिहरुले गुण्डुको गुण्डा गो ब्याक, जेनजीको रगत माथी खेलवाड गर्न पाईदैन जस्ता नारा लेखेर प्ले कार्ड सहित सडकमा बिरोध प्रदर्शन गरिरहेका छन ।

महेश बस्नेतको सुरक्षा र जेनजीको बिरोध पर्दर्शनलाई ध्यानमा राखि सडकमा नेपाल प्रहरी र शसस्त्र प्रहरी ठुलो संख्यामा परिचालन गरिएको छ । कैलाली उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम हुने भएकाले जेनजी युवाहरुले सोहि मार्गको जेनजी चोकमा प्रदर्शन गरिरहेका छन ।