गोदावरीमा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Image
maya metro

अत्तरिया – कैलालीको गोदवरी नगरपालिकामा नगर स्तरिय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको आज एक कार्यक्रमकाबिच नगर प्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।

nisarga

प्रतियोगितामा २१ संस्थागत तथा २२ सामुदायिक गरि नगरका ४३ ओटा विद्यालय सहभागी रहेका छन् ।

गोदावरी–२, अत्तरियास्थित दुर्गालक्ष्मी नमूना माविमा सञ्चालन भइरहेको प्रतियोगिता मंसिर १९ गतेसम्म चल्नेछ ।

रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक शिवराज भट्टराईले प्रतियोगितामा ६ वटा विधामा प्रतिष्पर्धा गराइने बताएका छन् ।