
सुदूरपश्चिम रोयल्सको अपराजित यात्रालाई विराटनगर किङ्सले ब्रेक लगाएको छ।
सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले ११.५ ओभरमा चार विकेट गुमाएर १४८ रन बनायो।

विराटनगरका लागि ओपनरद्वय फाफ डु फ्लेसिस र साम हेजलेटले क्रमश ५० र ५१ रनको योगदान दिए। मार्टिन गुप्टिल २२ रन र बसिर अहमद ८ रनमा आउट भए। प्रतिश जिसि १३ र लोकेश बमले ३ रनमा अविजित रहे।
सुदूरपश्चिका लागि अविनास बोहराले दुई हर्मित सिंह र समान एक एक विकेट लिए। टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ६ विकेट गुमाएर १४७ रन बनायो।
सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४५ रनमा अविजित रहे।इसान पाण्डे ३८, क्रिश ब्रोन २४,कप्तान दीपेन्द्र सिंह ऐरी १९, बिनोद भण्डारी १५, दीपक बोहरा ३,र हर्मित सिंह शून्यमा आउट भए। विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए भने प्रतिश जीसीले दुई र बसिर अहमदलेएक विकेट लिए।















