
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- १२ कोल्मुडामा रहेको दुर्गा माविका निवर्तमान प्रधानाध्यापक नेत्रप्रसाद भण्डारी भव्यताका साथ बिदाई गरिएको छ ।
मंसिंर १८ गतेबाट अनिवार्य अवकासमा गएका भण्डारीको दुर्गा मावि तथा पूर्व विद्यार्थी समाजले विद्यालय परिसरमा एक समारोह आयोजना गरी बिदाई गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव बहादुर बिकको अध्यक्षतामा आयोजित बिदाई कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं- १२ का वडा अध्यक्ष भिम बहादुर खड्का रहेका थिए ।
२०४६ सालमा सोहि विद्यालयमा शिक्षण पेशामा प्रवेश गरेका भण्डारी २०६८ सालमा दृतिय श्रेणीमा पदुन्नति भएका थिए भने, २०७९ सालदेखि विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएको थिए।
बिदाई समारोहमा विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय, पूर्व विद्यार्थी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।















