
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २, अत्तरियामा रहेको सत्यवती एकेडेमीले प्रथम सत्यवती छात्र फुटबल कप–२०८२ आयोजना गर्ने भएको छ।
कक्षा ६ सम्मका छात्रहरूलाई लक्षित गरी प्रतियोगिता गर्ने भएको हो । प्रतियोगिता मंसिर २९ गतेदेखि आयोजना हुनेछ।

खेल संयोजक सन्तोष कार्कीले एक विद्यालयबाट बढीमा एक टिम मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको बताउँदै कक्षा ६ वा सो भन्दा मुनिका विद्यार्थीहरुलाई मात्र सहभागी हुन पाउने भएको बताए।
उनले खेल फिफा नियमअनुसार सञ्चालन गरिने भएको जनाउँदै विद्यार्थीहरूको फुटबलप्रति रुचि बढाउने, शारीरिक तथा मानसिक विकासमा टेवा पुर्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिने भएको बताए।
प्रतियोगितामा सहभागी हुन प्रति टिम दर्ता शुल्क रु. ३,००० तोकिएको साथै प्रतियोगिताका विजेता टिमले नगद २० हजार सहित ट्रफी र मेडल प्राप्त गर्नेछ। भने उपविजेता टिमले र १० हजार सहित ट्रफी र मेडल प्राप्त गर्नेछ।
साथै उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट डिफेन्डर र प्लेयर अफ दि टुर्नामेन्टलाई समेत पुरस्कार प्रदान गरिने एकेडेमीले जनाएको छ। प्रतियोगिता एकेडेमीको खेल मैदान हुने भएको जनाएको छ।















