प्रथम सत्यवती छात्र फुटबल कपको उपाधी आयोजकलाई

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका- २ अत्तरियामा रहेको सत्यवती एकेडेमीले आयोजना गरेको प्रथम “सत्यवती छात्र फुटबल कप २०८२” प्रतियोगिताको उपाधी आयोजकले हात पारेको छ ।

कक्षा ६ भन्दा मुनिका विद्यार्थीहरूको सहभागितामा आयोजना गरिएको प्रतियोगिता २३ विद्यालयका टिमबीच भएको प्रतिस्पर्धामा बुधबार समैजी माध्यमिक विद्यालय टीम र आयोजक सत्यवती एकेडेमी “बि“ टीम बीच अन्तिम खेल भएको थियो ।

nisarga

अन्तिम खेल सत्यवती एकेडेमी “बि“ र समैजी मावि टीम बिच भएको खेलको सुरुवाती समयमा समान शून्य गोलमा रहेको थियो भने हाफ पछि सत्यवती एकेडेमीले पहिलो गोल हानेर जितको नजिक पुगेको थियो । यस्तै खेलको अन्तिम समय सम्म सत्यवती एकेडेमीले समैजी माध्यमिक विद्यालयलाई १–० मा पराजित गरी प्रतियोगिताको विजेता बनेको छ ।

उपाधि जितेको आयोजक सत्यवती एकेडेमी “बि“ले २० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल प्राप्त गरेको छ । यस्तै उप विजेता गोदावरी ८ मजगाउँको समैजी माध्यमिक विद्यालयले १० हजार नगद पुरस्कार सहित ट्रफी मेडल प्राप्त गरेको छ ।

विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना  गरिएको विद्यालयकी प्रिन्सीपल यसोदा ध्याडी कडायतले बताएकी छिन् ।