रास्वपा गोदावरीले सुरु गर्यो वडा अधिवेशन

Image
maya metro

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलालीको गोदावरी नगर समितिले वडा अधिवेशन सुरु गरेको छ ।

जस अन्तरगत आज वडा नम्बर- १ को वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनबाट राम बहादुर खडायतको सभाअध्यक्षतामा वडा समिति पनि गठन गरिएको छ ।

nisarga

जसको उप सभाध्यक्षमा बसन्ती भट्ट, सचिवमा सिता खड्का चयन भएका छन् भने सदस्यहरुमा कमला खडायत, नरेन्द्र खडायत, करनसिंह बोहरा, नर बहादुर ऐरी र कर्ण बहादुर बोहरा चयन भएको रास्वपाका नगर सभापति दिपक ओझाले बताएका छन् ।