
अत्तरिया – कैलालीको अत्तरियामा सञ्चालन भईरहेको ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ को आज समापन गरिएको छ ।
न्यु सृजनशील युवा क्लबको आयोजनामा पुस ९ गते देखि सुरु भएको महोत्सवको आज १३ औं दिनमा समापन गरिएको हो ।

पुस १९ गते सम्म सञ्चालन हुने भनेको महोत्सव २ दिन थप गरेर पुस २१ गते सम्म सञ्चालन भएको हो ।
महोत्सवको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले समापन गरेका हुन् ।
महोत्सवको समापनको दिन आज चर्चित गायक दुर्गेश थापा, लगायतका कलाकारले पनि आफ्नो प्रस्तुति राखेका थिए ।

















