
अत्तरिया – कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयले ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको कविता प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोतिामा दुर्गालक्ष्मी नमूना माविकी छात्रा सन्ध्या अवस्थीले प्रथम स्थान हाँसिल गरेकी छिन् । त्यस्तै सत्यवती एकेडेमीकी छात्रा विभुति कडायतले दोस्रो र सिद्धबाबा माविकी छात्रा दिक्षा चौधरीले तेस्रो स्थान हाँसिल गरेकी छिन् ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद ५ हजार, द्धितिय परस्कार ३ हजार र तृतिय पुरस्कार २ हजार प्रदान गरिएको थियो ।
पुष २७ गते पृथ्वी जयन्तीको अवसरमा पुस्तकालयले एभरेष्ट एकेडेमीको प्रायोजनमा पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसँग सम्बन्धित विषयमा गोदावरी नगरपालिका अन्तर मावि स्तरीय कविता प्रतियोगिता आयोजना गरेको थियो ।
कविता प्रतियोगितामा १७ विद्यालयका २८ जना छात्रछात्राहरु सहभागी भएका थिए ।















