कैलालीको मष्टाधाममा माघ २३ गतेदेखि शिवपुराण ज्ञान महायज्ञ आयोजना हुने

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर- ४ स्थित बन्दगडामा निर्माणधिन मष्टाधाममा शिवपुराण ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

मष्टाधाम व्यवस्थापन समितिले आगामी माघ २३ गतेदेखि २९ गतेसम्म शिवपुराण ज्ञान महायज्ञ आयोजना गर्ने भएको हो ।

nisarga

धामका ५ खण्ड मध्य एक धार्मीक खण्डको निर्माण अन्तिम चरणमा रहेका बेला दैनिक पूजाआजा सुरु गर्ने उदेश्यले प्राण प्रतिष्ठा गर्न लागिएको मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश साँउदले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार : गोदावरी -४ मा निर्माणधिन मष्टाधाम (फोटो फिचर)

महायज्ञमा आचार्य श्री किशोर शरण सुवदी जी महाराज मुख्य कथा वाचकका रुपमा रहनेछन् ।

६५ विधा क्षेत्रफलमा फैलीएको उत्त धाममा स्टोनपार्क,सेल्फीपार्क,तालक्षेत्र,पिकनिक स्पोर्ट,ध्यान केन्द्र बन्न बाँकी रहेका छन् ।

धार्मीक संरचनाको निर्माण पहिले सम्पन्न गरेर बाँकी निर्माण गर्दै जाने साउँदले बताएका छन् ।

त्यस्तै १०८ फिटको त्रिशुल राख्ने कार्य,तीन नाडको एघार सय किलोको घण्ट राख्ने कार्य पनि बाँकी रहेको साउँदले बताए ।

उत्त त्रिशुल विश्वकै ठुलो त्रिशुल हुनेछ । मष्टाधाममा वडा,नगर,प्रदेश र संघ गरी चारै तहका सरकारको लगानी रहेको छ ।

उत्त धामलाई मष्ट देवताको विश्वकै पहिलो धामका रुपमा लिईएको छ भने मुख्य पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने योजना समितिको रहेको छ । मष्टाधाममा अचेल पनि दिनहुँजसो आन्तरिक पर्यटकहरु आउने गरेका छन् ।

सम्बन्धित समाचार : मष्टाधामको थप डिपीआर तयार

निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याई दैनिक एक सयदेखी एक हजारसम्म पर्यटन मष्टाधाममा भित्र्याउने आफुहरुको लक्ष्य रहेको अध्यक्ष साउँदले बताए ।

२०७६ सालमा निर्माण सुरु गरिएको मष्टाधामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी होमस्टेको अवधारणा पनि अघि सारीएको उनको भनाई छ ।

धाम निर्माण सम्पन्न भएर पुर्ण रुपमा सञ्चालनमा आएमा स्थानीयलाई व्यसायिक रुपमा पनि फाइदा हुने साउँदले बताएका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित स्याउले बजारबाट ४ किलोमिटर उत्तरतर्फ निर्माण भइरहेको मष्टाधामलाई यस क्षेत्रको मुख्य धार्मीक एवम् पर्यटकिय सम्भावित क्षेत्रकारुपमा हेरिँदै आएको छ ।