
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ४ स्थीत बन्दगडामा निर्माणधिन मष्टाधाममा अचेल दिनहुँजसो आन्तरिक पर्यटकहरु आउने गरेका छन् । ६५ विधा क्षेत्रफलमा फैलीएको उत्त धाममा स्टोनपार्क,सेल्फीपार्क,तालक्षेत्र,पिकनिक स्पोर्ट,ध्यान केन्द्र बन्न बाँकी रहेका छन् ।
त्यस्तै १०८ फिटको त्रिशुल (उत्त त्रिशुल हालसम्मको विश्वकै ठुलो त्रिशुल हुनेछ) राख्ने कार्य,तीन नाडको एघार सय किलोको घण्ट राख्ने लगायतका थुप्रै कार्यहरु बाँकी रहेको मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश साँउदले जानकारी दिए । मष्टाधाममा वडा,नगर,प्रदेश र संघ गरी चारै तहका सरकारको लगनी रहेको छ । उत्त धामलाई मष्ट देवताको विश्वकै पहिलो धामका रुपमा लिईएको छ भने मुख्य पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने योजना समितिको रहेको छ ।























