अत्तरियाको लोटस आईले दियो असल अभिभावक बन्ने कला सम्बन्धि प्रशिक्षण

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको लोटस आइ इङ्लिस र्बोडिंग स्कुलले असल अभिभावक बन्ने कला सम्बन्धि प्रशिक्षण
कार्यक्रम गरेको छ ।

स्कुलले धनगढीको सौँराइ पार्टी प्यालेसमा एक समारोहमा ‘असल अभिभावक बन्ने कला’ सम्बन्धि प्रशिक्षण कार्यक्रम गरेको हो।

nisarga

कार्यक्रममा बोल्दै विद्यालयका सञ्चालक गीरीराज कडायतले अभिभावक असल भएमात्रै छोराछोरीलाई असल शिक्षा दिन सक्ने हुँदा अभिभावकको लागि यस्तो कार्यक्रमलाई अगाडि बढाइएको बताए ।

कार्यक्रमको सिकाई प्रत्येक अभिभावकले व्यवहारमा लागु गर्नुपर्नेमा उनले बताए ।

शिक्षकहरुमा असल गुन भएजस्तै प्रत्येक अभिभावकमा असल अभिभावकको गुण कडायतले बताए ।

लोटसका अभिभावकहरु सहभागि रहेको कार्यक्रममा प्रसिद्ध मोटिभेटर क्षेत्र प्रसाद ज्ञवालीले अभिमुखिकरण गरेका थिए ।