गोदावरी गुरुकुल संस्कृत विद्यापीठको १० औं वार्षिकोत्सव सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ४ स्थित गोदावरी धाममा रहेको गोदावरी गुरुकुल विद्यापीठको १० औं वार्षिकोत्सवसम्पन्न भएको छ ।

सोमबार गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीको सभा अध्यक्षतामा सम्पन्न भएको वार्षिकोत्सव कार्यक्रममा साहित्यकार ज्योतिष मनिराज जोशी प्रमुख अतिथि रहेका थिए ।

nisarga

वार्षिकोत्सवको अवसरमा गुरुकुलले हाँजिरीजवाफ लगायतका कार्यक्रमहरु पनि आयोजना गरेको थियो ।

वार्षिकोत्सव कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि जोशीले पछील्लो समय गुरुकुलमा अध्ययन गर्ने प्रचलन न्युन हुँदै गएपनि गुरुकुल शिक्षाबाट प्राप्त हुने ज्ञानले व्यक्तिलाई असल मान्छे बन्न सहयोग गर्नुका साथै संस्कृत र संस्कृतिको संरक्षणमा सहयोग पुग्ने बताए ।

त्यस्तै कार्यक्रमका सभाध्यक्ष पदमराज जोशीले गुरुकुल सञ्चालनका लागि भने समितिले दाताकै भर पर्नु परेको बताए । केहि रकम स्थानीय सरकार मार्फत नेपाल सरकारले सहयोग गर्दै आएको भन्दैै उनले महर्षी वैदीक फाउन्डेसनले सञ्चालनमा सहयोग गर्दै आएको बताए ।

सहायक प्रधानाध्यापक धृतराज जोशीको स्वागत मन्तव्यसंगै सुरु भएको उक्त वार्षिकोत्सव कार्यक्रमको सञ्चालन गुरुकुलका प्रधानाध्यापक (आर्चाय) पदमराज उपाध्यायले गरेका थिए ।

कार्यक्रममा गुरुकुलका अभिभावक, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत गुरुकुलमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । यो गुरुकुलमा सुदूरपश्चिमका नौ ओटै जिल्लाका ४० जना वटुकहरु अध्ययनरत छन् ।