विद्यालय कर्मचारी परिषद्को जागरण अभियान अत्तरियामा सम्पन्न

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेश स्तरीय विद्यालय कर्मचारी परिषद्को जागरण अभियान कैलालीको अत्तरियामा सम्पन्न भएको छ ।

सोमबार नेपाल विद्यालय कर्मचारी परिषद् सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिलाल ओझाको सभा अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल विद्यालय कर्मचारी परिषद्का केन्द्रिय अध्यक्ष गंगाराम तिवारी प्रमुख अतिथि रहेका थिए ।

nisarga

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतनिधिहरुसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा कार्यरत विद्यालय कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रिय अध्यक्ष तिवारी विद्यालय कर्मचारीहरु एकजुट हुनुपर्ने बताए ।

विद्यालय कर्मचारीहरु एकजुट भएमात्रै विद्यालय कर्मचारीमाथि हुने कुनै पनि प्रकारका अन्याय र ज्यादतीविरुद्ध परिषद् दृढ रूपमा उभिन सक्ने भन्दै उनले आफ्नो अधिकारका लागि पनि एकतावद्ध हुन जरुरी रहेको बताए ।

नेपाल विद्यालय कर्मचारी परिषद् सुदूरपश्चिम प्रदेशका अध्यक्ष ओझाले देशभरका विद्यालय कर्मचारीलाई आफ्नो हकहितका सवालमा एकताबद्ध भएर लाग्न अनुरोध गर्दै विद्यालय कर्मचारीमाथि विभेद हुन नहुने बताएका छन् ।