
अत्तरिया – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर- ४ मा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हरिराम चौधरी उत्सवले उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीका केन्द्रिय सदस्य एवम् पूर्व राष्ट्रिय सभा सदस्य गौरीगंगा नगरपालिका निवासी चौधरी पहिलोपटक प्रतिनिधि सभाको निर्वाचनमा होमिएका हुन् ।












