
कैलालीमा शारीरिक रूपमा अशक्त १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका–१ निवासी ५२ वर्षीय रनबहादुर सुनार पक्राउ परेका छन्।
प्रहरीका अनुसार मंगलबार घरको आँगनमा एक्लै बसेकी किशोरीलाई सुनारले सुत्ने कोठामा लगेर जबरजस्ती करणी गरेको आरोप छ।

किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिएपछि सुनारलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















