
अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) कैलाली-४ को सचिवालय उद्घाटन गरिएको छ ।
पार्टीका सह प्रवक्ता रमेश प्रसाईंसहितको उपस्तिथिमा अत्तरिया चोकबाट २ किलोमीटर दक्षिण, खुस्बु नर्सरीनजिक क्षेत्रीय निर्वाचन सचिवालय स्थापना गरिएको हो ।

त्यस्तै फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली रास्वपाले कैलाली क्षेत्र नम्बर- ४ को निर्वाचन कमाण्ड गोदावरी नगर सभापति दीपक ओझालाई दिएको छ ।
अत्तरियामा आज बसेको भेलालेले कैलाली क्षेत्र नम्बर- ४ को निर्वाचन कमाण्ड गोदावरी नगर सभापति ओझालाई दिने निर्णय गरेको क्षेत्रीय सचीव डिल्लिराज जोशीले बताएका छन् ।
रास्वपाबाट यस क्षेत्रमा खेमराज कोइराला उम्मेदवार रहेका छन् ।













