कैलाली- ४ मा १५ जना पुरुष उम्मेदवारसंग प्रतिष्पर्धा गर्दै अमृता

Image
maya metro

अत्तरिया – फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर- ४ बाट १६ जना उम्मेदवारहरु प्रतिष्पर्धा गर्दै छन् । १५ जना पुरुष र १ जना मात्रै महिला गरी १६ जना उम्मेदवारहरु प्रतिष्पर्धामा रहेका हुन् ।

क्षेत्र नम्बर- ४ मा १४ वटा राजनितिक दलले पुरुषलाई उम्मेदवार बनाउँदा नेपाल मजदुर किसान पार्टीले मात्रै महिलालाई उम्मेदवार बनाएको हो ।

nisarga

यस क्षेत्रमा एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।नेपाल मजदुर किसान पार्टीबाट यस क्षेत्रमा अमृता भुल उम्मेदवार बनेकी छिन् ।

कैलाली कै लम्कीचुहा नगरपालिका- ५ की स्थानीय बासिन्दा भुल प्रतिनिधि सभामा पहिलोपटक उम्मेदवार बनेकी हुन् । राजनितिसंगै कृषि पेशामा समेत संलग्न उनी शिक्षा, स्वास्थ्य,रोजगारी र सामाजिक न्याय आफ्नो मुख्य एजेन्डा भएको बताउँछिन् ।

जनताको दैनिक समस्या र स्थानीय मुद्दालाई संसद्सम्म पु¥याउने उदेश्यले आफूले उम्मेदवारी दर्ता गरेको उनले बताइन् । सामान्य लेखपढ मात्रै गरेकी उनी सामाजिक विभेद र उत्पीडन विरुद्धको लडाइँलाई पनि आफूले चुनावी मुद्दा बनाएको बताउँछिन् ।

‘म यसै पनि दलित समुदायको मान्छे प्राय सधै हुनेखानेहरुले मात्रै चुनाव लड्दैआएको देखेकी छु, तर हरेक चुनौती स्वीकार गरेर अगाडि बढेकी छु, उनले भनिन्, भुँइतहका जनताका दैनिक समस्या र सामाजिक विभेद र उत्पीडन विरुद्धको लडाइँलाई पनि चुनावी मुद्दा बनाएकी छु ।’

हाल पार्टीको जनवर्गीय संगठन नेपाल का्रन्तिकारी युवा संघकी कैलाली जिल्ला सदस्य समेत रहेकी भुलले आफूहरुको पार्टी नै भुँइ तहका मानिसहरु जोडिएको पार्टी भएकोले जनताले आफूलाई जिताउनेमा आफू विश्वस्त रहेको बताएकी छिन् ।

आफूले जितेमा संसदमा मजदुर र भुँइतहका मानिसको प्रतिनिधित्व उनको भनाई छ । महिलालाई समानुपातिक सूचीमा मात्रै उम्मेदवार बनाउने राजनीतिक दलहरुको परम्परालाई चिर्दै आफूहरुले कैलालीसहित देशका अधिकांश क्षेत्रहरुमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवार बनाएको नेपाल मजदुर किसान पार्टीका कैलाली जिल्ला अध्यक्ष रमेश रावलले बताए ।

कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीले महिलालाई नै उम्मेदवार बनाएको छ ।

नेपाल मजदुर किसान पार्टीबाटनिर्वाचन क्षेत्र नम्बर- १ मा सुनिता भण्डारा, २ मा लक्ष्मी पुनमगर, ३ मा जुनू महतारा (शाही), ४ मा भुल र क्षेत्र नम्बर- ५ मा तृषना पुनमगर उम्मेदवार बनेका छन् ।

पार्टीले कैलाली क्षेत्र नम्बर- ४ को निर्वाचन कमाण्डर सिताराम पण्डीतलाई बनाएको छ ।