बन्दगडामा निर्मित मष्टाधामको प्राणप्रतिष्ठा सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर– ४ स्थित बन्दगडामा निर्मित मष्टाधामको प्राणप्रतिष्ठा पूजा एवम् रुद्रीपाठ सम्पन्न गरिएको छ।

शुक्रबार (आज) मष्टाका धामी,पूजारी तथा श्रद्धालुहरुको उपस्थितिमा प्राणप्रतिष्ठा पूजा सम्पन्न गरिएको हो ।

nisarga

धार्मीक संरचनाको निर्माण सम्पन्न हुने क्रममा रहेको हुँदा नियमित पूजाआजा सुरु गर्ने उदेश्यले मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश साँउदले जानकारी दिएका छन् ।

धाममा आजदेखि महायज्ञ लगाउने व्यवस्थापन समितिको उदेश्य भएपनि निर्वाचन आचारसंहिताका कारण स्थगीत गरिएको थियो ।

यो पनि:

कैलालीको मष्टाधाममा माघ २३ गतेदेखि शिवपुराण ज्ञान महायज्ञ आयोजना हुने

उत्त धामलाई मष्ट देवताको विश्वकै पहिलो धामका रुपमा लिईएको छ भने मुख्य पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने योजना समितिको रहेको छ ।

मष्टाधाममा अचेल पनि दिनहुँजसो आन्तरिक पर्यटकहरु आउने गरेका छन् । मष्टाधाममा वडा,नगर,प्रदेश र संघ गरी चारै तहका सरकारको लगानी रहेको छ ।