चारवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको पूर्वानुमान

Image
maya metro

काठमाडौं – देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । चारवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपात हुने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु र कुहिरो रहनेछ ।
उच्च पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मुख्यतया सफा रहनेछ ।

nisarga

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

विभागले राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहनेछ । कासी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहने पूर्वानुमान छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।