
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ३ स्थित मालाखेतीमा रहेको खप्तड विद्या निकेतनमा खेलकुद प्रतियोगिता सुरु भएको छ ।
हरेक वर्ष आयोजना गर्दै आएको खेल प्रतियोगिताको आज एक कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक श्याम बहादुर खत्रीले उद्धघाटन गरेका हुन्।

खेलकुद प्रतियोगिताका संयोजक भूवन भट्टले पढाइसंगै बालबालिकालाई खेलकूदमा समेत अव्बल बनाउने उद्धेश्यले बार्षिक खेलकुद प्रतियोगिता आयोजना गरिएको बताए।
उनले विद्यार्थीलाई खेलकुदको माध्यमबाट शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न अतिरिक्त क्रियाकलाप अन्तर्गत वर्षभरिनै खेलकुदका कार्यक्रमहरू आयोजना हुँदै आएको भएपनि विद्यालयको वार्षिक कार्यक्रमको रुपमा हरेक वर्षमा एकपटक खेलकुद प्रतियोगिता गर्ने गरिएको बताए ।
आगामी फागुन ६ गते विद्यालयको २२ औं बार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम गरिने उनले बताए । आज उद्धघाटन सप्ताहमा विद्यार्थीहरुले मार्चपास र म्यूजीकल ड्रिल पनि प्रस्तुत गरेका थिए ।
फागुन ५ गतेसम्म सञ्चालन हुने खेलकद कार्यक्रम अन्तरगत अन्तर फुटवल, भलिवल, ब्याडमिन्टन, टेवलटेनिस, दौड, कवड्डी प्रतियोगितालगायतका खेलकुदकासाथै साना बालबालिकाहरुका लागि पनि विभिन्न खेलहरु आयोजना गरिएको संयोजक भट्टले बताए ।
खेलकूद प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कारसमेत प्रदान गरिने उनले बताए ।














