डोटीमा घरभित्रै बन्दुक पड्कियो, युवकको मृत्यु

Image
maya metro

डोटी – डोटीमा बन्दुकको छर्रा लागेर एक युवकको ज्यान गएको छ। बोगटान फुड्सिल गाउँपालिका–१ लफडा गाउँका ३० वर्षीय कलम धामीको भरुवा बन्दुक पड्किँदा छर्रा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरीका अनुसार बुधबार साँझ स्थानीय दुर्गा सिंह कुडमालको तीनतले घरको माथिल्लो तलामा बिजुली वायरिङ गर्ने क्रममा कोठाभित्र राखिएको भरुवा बन्दुक अचानक पड्किँदा धामीको बाँया कन्चटमा छर्रा लागेको थियो।

nisarga

गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनाबारे स्थानीयले राति करिब १ बजे प्रहरीलाई खबर गरेपछि प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीको कमाण्डमा चार जनाको टोली घटनास्थल पुगेको थियो।

थप अनुसन्धानका लागि बिहीबार बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नवराज रावलको कमाण्डमा एसओसीओसहित छ जनाको टोली खटिएको प्रहरीले जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।