
अत्तरिया – नेपाली कांग्रेस कैलाली–४ का सभापति बसन्त रोकाया (ललित)ले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामीछानेलाई लक्षित गर्दै जेल फुटाएर भागेका ठगहरुले देश बनाउन नसक्ने बताएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उमेदवार गोरख बहादुर विष्ट (आनन्द) कोे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै रोकायाले यस्तो बताएका हुन् ।

भदौ २४ गते नेताहरुका घर जलाउने समूहले चोरी र लुटपाट पनि गरेको र आफू पनि त्यसैको भुक्तभोगी भएको उनले बताए ।
‘जेल फुटाएर भागेका कैदीहरु देश बनाउँछु भन्दै हिँडेका छन् । सर्ट, पाइन्टको एकएक खल्ती पनि हेरेका छन् भदौ २४ मा यिनिहरुले। सामान न त्यहाँ छ, न जलाइएको छ, त्यो सामानहरु चोरी भयो, उनले भने, यिनीहरु चोर हुन्, डाँका हुन्, लुटेरा हुन् , फटाहा हुन् । यिनिहरुले जिते भने देश रहँदैन । त्यसैले हामी एकजुट हुनुपर्छ ।’













