कैलाली र कञ्चनपुरबाट पाँच लाखको अवैध सामान बरामद

Image
फाइल फोटो
maya metro

धनगढी – जिल्ला प्रहरी कार्यालय कैलाली को गस्ती टोलीले धनगढी उपमहानगरपालिका–३ भन्सार कार्यालय नजिकबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरि ल्याइएका विभिन्न सामानहरू बरामद गरेको छ।

अन्दाजी १ लाख ८३ हजार ५ सय बराबरका मल्टिपिस स्क्रु ड्राइभर, मिनी प्रिसिजन स्क्रु ड्राइभर, प्रिसिजन स्क्रु ड्राइभर, फङ्सन स्क्रु ड्राइभर, डिजिटल इलेक्ट्रोनिक स्क्रु ड्राइभर, सोल्डर पेस्ट, सिलिकन क्यास, गोल्डेन क्राउन डिस्प्ले, ५–इन–१ स्क्रु ड्राइभर लगायतका सामग्री सोमबार साँझ बेवारिसे अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी सामान नियन्त्रणमा लिइएको छ।

nisarga

कञ्चनपुरस् जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–३ ब्रह्मदेव, वडा नं। ४ बसपार्क र वडा नं.११ गड्डाचौकी क्षेत्रबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरि ल्याइएका सामान बरामद गरेको छ।

अन्दाजी ३ लाख ७० हजार ८ सय १० बराबरका मिठाई बनाउने कच्चा पदार्थ, विभिन्न किसिमका कपडा, हार्डवेयर तथा किराना सामग्री सोमबार बेवारिसे अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

बरामद सामानहरू आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ।