जनकल्याण इंग्लिश स्कुलको २८औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ तेघरीमा रहेको जनकल्याण इंग्लिश स्कूलको २८औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

जनकल्याण इंग्लिश स्कूलका संस्थापक तथा प्रिन्सिपल यज्ञराज हमालकी आमा मनुदेवि हमालको सभाध्यक्षतामा आयोजित वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उप कुलपति डाक्टर टी एन जोशी रहेका थिए भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका नगर उप प्रमुख शारदा देवी रोकाया रहेकी थिइन्।

nisarga

विद्यालयले २८औं वार्षिकोउत्सवकोे अवसरपारी विद्यालयमा अध्ययनरत एवम् खेलकुदमा सहभागी प्रथम, दृतिय,तृतीय,साथै उत्कृष्ट विद्यार्थीहरु लगायत विभिन्न विधामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।

साथै वार्षिकोत्सवमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रममा नृत्य ,गीत,मन्तव्य प्रस्तुति गरेका थिए। विद्यार्थीहरुले संस्कृति भेषभुषा झल्किने गायन तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।

वि सं २०५४ सालमा स्थापना भएको विद्यालयमा नर्सरी कक्षा देखि १० कक्षा सम्मका १ हजार बढी जना विद्यार्थीहरुलाई पढ्नपाठन गराउँदै आइरहेको छ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिधीनिधी, समाजसेवी, लगायत विद्यार्थी,अभिभावकको उपस्थिति रहेको थियो।