प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनीमा सैनिक महाविद्यालय तेघरी प्रथम

Image
maya metro

अत्तरिया – प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनीमा कैलालीको सैनिक आवासीय महाविद्यालय तेघरीले प्रथम स्थान हाँसिल गरेको छ । काठमाडौंको रिपुमर्दिनी सैनिक महाविद्यालयले सोम र मंगलबार आयोजना गरेको प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी (छैटौँ)मा सैनिक आवासीय महाविद्यालय तेघरीले प्रथम स्थान हाँसिल गरेको हो ।

प्रथम स्थान हाँसिल गरेसंगै विद्यालयले ५० हजार नगदसहित, महाविद्यालय ट्रफि, मेडल र प्रशंशापत्र प्राप्त गरेको छ । सैनिक आवासीय महाविद्यालय तेघरीबाट परियोजनाको नेतृत्व स्नातकोत्तर शिक्षक हस्त बहादुर परियारले गरेका थिए भने प्रदर्शनीमा कक्षा १० का छात्र प्रिन्स जोशी र कक्षा १२ का बेद प्रकाश जोशीले सहभागिता जनाएका थिए।

nisarga

प्रतियोगितामा रिभेरा इन्टरनेसनल एकेडेमीले दोस्रो स्थान हाँसिल गर्दै नगद ३० हजारसहित ट्रफि, मेडल र प्रशंशापत्र प्राप्त गरेको छ भने तृतिय स्थान हाँसिल गरेको किस्ट कलेज/सेकेन्डरी स्कुलले नगद २० हजारसहित ट्रफि, मेडल र प्रशंशापत्र प्राप्त गरेको छ।

प्रदर्शनीमा देशभरिका विभिन्न सैनिक महाविद्यालयसहित ३५ विद्यालय तथा महाविद्यालयका ४३ ओटा परियोजनाहरूले प्रतिस्पर्धामा भाग लिएका थिए ।

प्रर्दशनीको पुरस्कार वितरण समारोहमा कार्यरथी विभाग, जङ्गी अड्डाका उपरथी विष्णु राउत, उपत्यका पृतना हेडक्वाटरका पृतनापति उपरथी रबिन्द्र खत्री, नम्बर १ बाहिनीका बाहिनीपति सहायक रथी सुनिल सिंह राठोर, सैनिक कल्याणकारी निर्देशनालयका निर्देशक सहायक रथी मनोज बैदवार, सैनिक श्रीमती संघका शिक्षा उपसमितिका प्रतिनिधि, विभिन्न युनिटका प्रमुख, सैनिक महाविद्यालय तथा विद्यालयका प्रिन्सिपल, व्यवस्थापक अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सैनिक महाविद्यालयसहित ३५ विद्यालय तथा महाविद्यालयका ४३ ओटा परियोजनाहरू प्रतिष्पर्धीहरु प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न पाउँदा विद्यालय परिवार उत्प्रेरित भएको सैनिक आवासीय महाविद्यालय तेघरीले जनाएको छ ।