
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर-८ स्थित स्याउलेमा रहेको दुर्गाज्योती इंग्लिस स्कुलको पहिलो चरणको (कक्षा पिजी देखि २ सम्म) १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
बुधबार विद्यालयका संस्थापक धर्मराज जोशीको सभाध्यक्षतामा सम्पन्न भएको १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा समाजसेवी शान्ति सिंह शाही प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा बोल्दै शाहीले शैक्षीक सुधारमा दुर्गाज्योतीको योगदान महत्वपूर्ण रहेको बताइन् ।

उनले विद्यालयलाई गर्न सक्ने सहयोगका आफू लागि आफू संधै तयार रहेको बताइन् । कार्यक्रममा आफ्नो भनाई राख्दै संस्थापक जोशीले आफूहरुले नाफामुलक भन्दा पनि यस समूदायको आवश्यकता महसुस गरी स्याउलेमा निजी विद्यालय सञ्चालन गरेको बताए।
ग्रामीण भेगमा निजी विद्यालय सञ्चालन गर्न थुप्रै कठीनाइहरु रहेको भए पनि गुणस्तरीय शिक्षा प्रदान गर्न आफूहरु लागिपरेको उनले बताए ।
दुर्गाज्योतीमा हाल करिब ८०० विद्यार्थी अध्यनरत छन् भने ४२ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा अभिभावक,विद्यार्थी,विभीन्न सरकारी तथा गैरसरकारी संघ सँस्थाका प्रतिनिधीहरुको उपस्थीती रहेको थियो।
विद्यालयका शिक्षक डिल्लीराज भट्टको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक रेखा भट्टले गरेकी थिइन् । कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयले फागुन ८ गते दोस्रो चरणको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम गर्नेछ ।















