लोटस आई अंग्रेजी माध्यमिक विद्यालयको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ स्थित अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ।

हिजोदेखि सुरु भएको समारोहको आज एक कार्यक्रमकाबिच गोदवरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टको प्रमुख अतिथ्यतामा सम्पन्न गरिएको हो । विद्यालयले पहिलो दिन कक्षा पिजीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूको सहभागितामा कार्यक्रम सम्पन्न गरेको थियो ।

nisarga

विद्यालयका मेनेजिङ डाइरेक्टर धुर्व कडायतका अनुसार वार्षिकोत्सव विद्यार्थीहरूको उत्सव भएकाले सबैलाई समान अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम दुई दिनसम्म आयोजना गरिएको हो ।

उनले विगत केही वर्षदेखि विद्यालयले नियमित रूपमा दुई दिने वार्षिकोत्सव मनाउँदै आएको बताए । दोस्रो दिन कक्षा ५ माथिका विद्यार्थीहरूको सहभागितामा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो ।