
अत्तरिया – कैलालीको अत्तरियामा ‘दुर्गालक्ष्मी दौडिन्छ..’ म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ । दुर्गालक्ष्मी नमुना माविमा गठित पूर्व विद्यार्थी मञ्चले म्याराथुन प्रतियोगिता आयोजना गरेको हो ।
दुर्गालक्ष्मी नमुना माविकै अगाडिबाट सुरु भएको म्याराथुन प्रतियोगिता गोदावरी पुलमा पुगेर समापन भएको हो । प्रतियोगितामा अक्कल पाल प्रथम स्थान हाँसिल गर्न सफल भएका छन् । प्रथम स्थान हाँसिल गरेसंगै उनल नगद २५ हजार ५५५ प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगितामा सुनिल सुनारले द्धितिय स्थान हाँसिल गर्न सफल भएका छन् । उनले नगद १५ हजार ५५५ प्राप्त गरेका छन् भने प्रतियोगितामा तृतिय भएका प्रदिप खत्रीले नगद ५ हजार ५५५ रुपैँया प्राप्त गरेका छन् ।
प्रतियोगितामा सहभागि भएर उत्कृष्ट प्रदर्शन गर्ने महिला सिर्जना खत्रीले ५ हजार ५५५ रुपैया सान्त्वना पुरस्कार प्राप्त गरेकी छिन् ।
प्रतियोगिताका संयोजक एवम् पूर्व विद्यार्थी मञ्चका सदस्य प्रेमराज भट्टले पूर्व विद्यार्थीहरुलाई जोड्ने उदेश्यले गत वर्षदेखि यो कार्यक्रमको आयोजना गरिएको बताएका छन् । प्रतियोगितामा दुर्गालक्ष्मी नमुना माविमा अध्यापन गरेका पूर्वविद्यार्थीहरु मात्रै सहभागि हुन पाउँछन् ।
म्याराथुन समाप्त भएपश्चात गोदावरी धाममा आजै पूर्व विद्यार्थीहरुका लागि पिकनिक कार्यक्रम आयोजना गरिएको छ। म्याराथुन प्रतियोगिताको यस वर्षको नारा ‘दौड स्वास्थ्यका लागि, भेटौँ मित्रताका लागि’ रहेको थियो ।















