
अत्तरिया – कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयले प्रजातन्त्र दिवसको अवसरमा वक्तृत्व कला प्रतियोगिता आयोजना गरेकोे छ ।
बिहिबार मनाइएको ७६ औं प्रजातन्त्र दिवसको अवसरमा विद्यालयले नगर स्तरीय (कक्षा ६ देखि १० सम्म) वक्तृत्व कला आयोजना गरेको हो ।

प्रतियोगितामा २२ विद्यालयका २२ जना छात्रछात्राहरु सहभागि रहेका थिए । जसमध्य मोहना मण्टेश्वरीकी छात्रा कर्मशिखा जोशीले प्रथम स्थान हाँसिल गरेकी छिन् ।
प्रथम स्थान हाँसिल गरेसंगै उनले नगद तीन हजार ५०० रुपैँया पुरस्कार प्राप्त गरेकी छिन् । त्यस्तै शैलेश्वरी माध्यमिक विद्यालयकी छात्रा निशा नेपालीले द्वितीय स्थान हाँसिल गरेकी छिन् ।
उनले दुई हजार ५०० रुपैँया नगद पुरस्कार प्राप्त गरेकी छिन् भने खप्तड विद्या निकेतनकी छात्रा आरती कुँवरले तृतिय स्थान हाँसिल गर्दै नगद एक हजार ५०० सय प्राप्त गरेकी छिन् ।
त्यस्तै सैनिक आवासीय महाविद्यालय तेघरीकी छात्रा रोजिका जेठाराले सान्त्वना पुरस्कार नगद एक हजार रुपैँया प्राप्त गरेकी छिन् ।
पुस्तकालयका अध्यक्ष भूपेश जोशीको सभाध्यक्षता तथा पुस्तकालयका संस्थापक सदस्य एवम् कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक डाक्टर रामचन्द्र विनाडी प्रमुख अतिथि रहेको प्रतियोगितामा जनकल्याण् इंग्लिस सेकेन्डरी बोडिंग स्कुल तेघरीले प्रायोजन गरेको थियो ।














