
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ स्थित मा रहेको गोदावरी पब्लिक स्कुलको तेस्रो वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न समारोह सम्पन्न भएको छ ।
स्कुलका संस्थापक अध्यक्ष मनिराम नौन्यालको सभा अध्यक्षतामा सुरु भएको समारोहको आज एक कार्यक्रमकाबिच गोदवरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले उद्धघाटन गरेका थिए ।

वार्षिकोत्सव तथा अभिभावक दिवसमा विद्यार्थीहरूले नृत्य, गीत, कविता तथा अन्य प्रतिभामूलक प्रस्तुति मार्फत आफ्नो क्षमता प्रदर्शन गरेका थिए । विद्यालयमा हाल ७०० विद्यार्थी अध्ययनरत रहेका छन् ।
















