
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर- ८ स्थित स्याउलेमा रहेको दुर्गाज्योती इंग्लिस स्कुलको दोस्रो चरणको (कक्षा ३ देखि १२ सम्म) १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
शुक्रबार विद्यालयका संस्थापक संचालक नारायणप्रसाद जोशीको सभाध्यक्षतामा सम्पन्न भएको १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा कैलाली बहुमुखी क्याम्पसका सहायक प्राध्यापक शिव प्रसाद सापकोटा प्रमुख अतिथि रहेका थिए ।

दुर्गाज्योतीमा हाल करिब ८०० विद्यार्थी अध्यनरत छन् भने ४२ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा अभिभावक,विद्यार्थी,विभीन्न सरकारी तथा गैरसरकारी संघ सँस्थाका प्रतिनिधीहरुको उपस्थीती रहेको थियो ।
विद्यालयका शिक्षक डिल्लीराज भट्टको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक रमेश भुलले गरेका थिए ।
कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयले फागुन ६ गते पहिलो चरणको (कक्षा पिजी देखि २ सम्म) वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको थियो ।















