दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

Image
maya metro

निर्वाचन विथोल्ने गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रसाईंलाई गत फागुन ४ गते उनकै निवास भक्तपुरबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई अदालतबाट पटकपटक म्याद थप गर्दै थुनामा राखिँदै आएको थियो ।

nisarga

प्रसाईंविरुद्ध प्रहरीले अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोप थियो । उनको रिहाइका लागि उमा प्रसाईंले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले जिल्ला प्रहरी परिसर काठमाडौं, भ्रद्रकालीका नाममा आदेश दिएको हो । सर्वोच्चका न्यायाधीश डा.मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासको आदेशबमोजिम प्रसाईं छुट्ने प्रक्रियामा छन् ।