अत्तरिया खानेपानी निर्वाचन : एक अध्यक्षका उम्मेदवारसहित तीन जनाको उम्मेदवारी फिर्ता

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको वैशाख २६ गते हुने निर्वाचनको लागी उम्मेदवारको अन्तिम नामावली प्रकाशीत गरिएको छ ।

निर्वाचन कार्यतालिका बमोजिम आज दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएकोमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका नन्दराज भट्ट, सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी सकुन्तला सोब, सिता सोबले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।

nisarga

अध्यक्ष पदका उम्मेदवार भट्टले उम्मेदवारी फिर्ता लिएसंगै अब अध्यक्ष पदमा राजेन्द्र बहादुर खड्का, गणेश शाह र हर्क बहादुर शाहबिच प्रतिष्पर्धा हुने भएको छ ।

यसअघि अध्यक्षमै उम्मेदवारी दर्ता गरेका राज बहादुर खड्काको उम्मेदवारी रद्ध भएको थियो ।