सैनिक आवासीय महाविद्यालय तेघरीद्धारा सुप समावेसी विद्यालयलाई सहयोग

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ स्थित तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालय तेघरीले सोहि वडामा रहेको सुप समावेसी आधारभुत विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ ।

बिहिबार एक कार्यक्रमकाबिच सैनिक आवासीय महाविद्यालय तेघरीका प्रमुख व्यवस्थापक प्रमुख सेनानी खिल बहादुर रानाले विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बिस्नादेवी बोहरा र प्रधानाध्यापक देवी साउँदलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

nisarga

कापी, कलम, झोला,भाँडाकुँडा लगायतका सामग्री हस्तान्तरण गरिएको प्रमुख व्यवस्थापक रानाले बताए । आवासीयरुपमा बालबालिका अध्ययन गर्दै आइरहेको सुप समावेशीलाई केहि राहत पुगोस् र विद्यार्थीहरुलाई सामाजिक कार्यमा पनि सहभागि गराउनुपर्छ भन्ने उदेश्यले आफूहरुले विद्यालयलाई सामग्री हस्तान्तरण गरेको उनले बताए ।

सैनीक महाविद्यालयका उप प्रार्चाय नरेन्द्र ऐरले आगामी दिनमा सुप समावेशी विद्यालयसंग निरन्तर समन्वयमा रहने बताए । सुप समावेशी विद्यालयकी प्रधानाध्यापक देवी साउँदले विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गरिन् ।

सहयोगबाटै विद्यालय सञ्चालन हुने भएकोले सैनीक स्कुलले गरेको सहयोगले ठुलो राहत हुने उनले बताइन् । समैजी किचेन सप, श्री मा निङ्गलाशैनी निर्माण सेवा प्रालि र फिटनेश प्लानेट जिम एण्ड जुम्बासंगको सहकार्यमा सैनिक महाविद्यालयले सुप समावेशीलाई उत्त सहयोग हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा दुवै विद्यालयका शिक्षक, विद्यार्थीले अन्तरक्रिया पनि गरेका थिए । त्यस्तै केक काटेर सैनिक आवासीय महाविद्यालयका फागुन महिनामा जन्मदिन परेका विद्यार्थीहरुको जन्मदिन पनि मनाइएको थियो ।

विद्यालयमा अपाङ्गता भएका ८१ जना बालबालिका आवासीयरुपमा अध्ययन गर्दै आइरहेका छन् ।