
अत्तरिया – आसन्न प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर -४ का स्वतन्त्र उम्मेदवारलाई पितृ शोक परेको छ ।
स्वतन्त्र उम्मेदवार छत्र बहादुर भट्टलाई पितृ शोक परेको हो । भट्टका पिता पदम बहादुर भट्टको शनिबार आज बिहान ७९ वर्षको उमेरमा धनगढी स्थित निसर्ग अस्पतालमा उपचारकोक्रममा निधन भएको हो ।

उनको शवयात्रा आजै गोदावरी नगरपालिका वडा नम्बर- ३ मालाखेती स्थित निवासबाट हुने जनाइएको छ ।















