
धनगढी – सनराइज टेलिभिजनका पत्रकार सुदीप थापामाथि कुटपिट भएको छ ।
धनगढीको चौराहा स्थित मित्रनगर चोकमा हिमान्सु बोहराको समुहले थापामाथि आक्रमण भएको जनाइएको सनराइज टेलिभिजनका प्रबन्ध निर्देशक उत्तम थापाले जानकारी दिएका छन् ।

कुटपिटबाट उनका आँखा र टाउकोमा चोट लागेको छ भने आँखामा रगत जमेको अवस्थामा रहेको बताइएको छ ।
घटनाको बिवरण प्रहरीलाई जानकारी गराईसकेको बताईएको छ ।
घाईते पत्रकार थापाको धनगढी स्थित सारथी अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको र प्रहरी टोली घटनास्थल पुगेर आवश्यक प्रक्रिया अघि बढाएका जनाएको छ ।
















