
अत्तरिया – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर- ४ ले चुनावी र्याली निकालेको छ। आज आफ्नो क्षेत्रमा कांग्रेसले चुनावी र्याली निकालेको हो ।
र्यालीमा मोटरसाइकल, अटो र कारलगायत करिब पन्ध्र सय सवारी रहेको पार्टीका क्षेत्रिय सभापति बसन्त रोकाया (ललित)ले बताएका छन् ।

अत्तरियाको लामिताल परिसरबाट सुरु भएको र्याली गेटा,चौकिडाँडा,तेघरी हुँदै मसुरिया पुगेर कोणसभामा परिणत भएको थियो ।















