निर्वाचनमा लेखराज : विकासका अधुरा योजना पुरा गर्छु

Image
maya metro

अत्तरिया – कैलाली क्षेत्र नम्बर- ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले सुदूरपश्चिममा विकासका अधुरा योजना पुरा गर्न आफूले जित्नुपर्ने बताएका छन् ।

पार्टीका उपमहासचिव समेत रहेका उनले गेटा मेडिकल विश्वविद्यालय, हरैया सेज, दोधाराचाँदनी सुख्खा बन्दरगाह, पश्चिम सेती लगायतका विकासका योजनाहरु अधुरै रहेको हुँदा यि योजना पुरा गर्न आफ्नो जित अनिवार्य रहेको बताउँदै आएका छन् ।

nisarga

नेकपा एमाले कैलाली-४ की इन्चार्ज सन्तोष शर्मा थापा मतदाताहरुको सकरात्मक प्रतिक्रियाले आफूहरु उत्साहित भएको बताउँछिन् ।

कैलाली- ४ का सबै वडामा आफ्नो चुनावी घरदैलो सम्पन्न गरेका भट्ट राष्ट्रिय स्वाधिनता, अखण्डताका लागि पनि आफू लगायत एमालेले जित्नुपर्ने बताउँदै आएका छन् ।

राजनितिमा नयाँ र पुराना भन्ने नहुने भन्दै उनी पुरानोलाई ध्वंस गरेर नयाँ निर्माण नहुने बताउँछन् । नयाँ भन्नेहरुको कुनै विचार र सिद्धात नभएको र पुरानोको अनुभवै ग्रहण गर्न नसक्ने संरचना भएको हुँदा भ्रमित नहुन उनी मतदातालाई अनुरोध गर्छन् ।

राजनितिक र व्यक्तिगत हिसाबले यस क्षेत्रमा सबैभन्दा परिपक्व व्यक्ति आफु नै भएकोले हुँदा यस क्षेत्रका जनताले आफूमाथि न्याय गर्ने उनले बताएका छन् ।

कैलाली-४ मात्र नभई सुदूरपश्चिमका हरेक विकासमा योजनाहरुमा आफूले सक्दो सकरात्मक सहभागिता जनाएको भट्टको भनाई छ।

गणतन्त्र स्थापना, संविधान निर्माण र अखण्ड सुदूरपश्चिमजस्ता महत्वपूर्ण घटनाको साक्षी आफू भएको भट्टले बताउँदै आएका छन् ।

कैलाली ४ को मात्र नभइ समग्र सुदूरपश्चिमका विकासका योजनाहरुमा आफूले संधै सुझाव दिने र लिने गरेको भट्टको भनाई छ ।