
अत्तरिया – कैलाली क्षेत्र नम्बर -४ को मतगणना सुचारु भएको छ ।
बिहान करिब ११ बजेदेखी सुरु भएको मतगणना केहिबेरअघि स्थगित भएको थियो ।

सर्वदलीय वैठकपछी मतगणना पुनः सुचारु भएको हो ।
उम्मेदवारका प्रतिनिधिहरुले मुचुल्का पनि हेर्न पाउनुपर्ने भनेपछि केहिबेर स्थगित भएको गणना तथ्यांक मेल खाएपछि पुनः सुचारु भएको निर्वाचन अधिकृत हरिप्रसाद आचार्यले बताएका छन् ।
















