कैलाली-४ मा समानुपातिक मतगणना सकियो

Image
maya metro

अत्तरिया – प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ देशभर दुई तिहाईभन्दा बढी मतगणना हुँदा कैलाली क्षेत्र नम्बर ४ मा सम्पन्न भएको छ ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २९ हजार ८५६ मत प्राप्त गरेको छ ।त्यस्तै, कैलाली ४ बाट नेपाली कांग्रेसले ११ हजार १४ मत प्राप्त गरेको छ ।

nisarga

नेकपा एमालेले ८ हजार ५६५ मत पाएको छ । नेपाली कम्युनिस्ट पार्टीले ५ हजार १०७ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २ हजार ४१५ मत पाएको छ ।

त्यस्तै देशभरको समापातिक तर्फको मत परिणाम अनुसार राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको श्रम संस्कृति पार्टीले यस क्षेत्रबाट ७२४ मत प्राप्त गरेको छ ।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ११० सिटका लागि मतदाताले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलका लागि मत दिएका थिए ।

समानुपातिक तर्फको मतदानमा कैलाली-४ मा ६३ हजार ११७ मत खसेकोमा २ हजार ९०७ मत बदर भएको छ ।

प्रत्यक्षतर्फ कैलाली-४ बाट २८ हजार ५५६ मत प्राप्त गर्दै रास्वपाका खेमराज कोइराला विजयी भइसकेका छन् ।