
अत्तरिया – यस क्षेत्रका व्यवसायीहरुको साझा संस्था कैलालीको अत्तरिया उद्योग वाणिज्य संघ २६ महिनादेखि बन्धक बनेको छ । अत्तरिया उद्योग वाणिज्य संघले २०८० साल पुस २२ गतेदेखि प्रादेशिक महोत्सवको आयोजना गरेका थियो । महोत्सवमा नक्कली टिकट ठेली बरामद भएपछि संस्थामा विवाद बल्झिएको थियो ।
सोहि क्रममा संघका वरिष्ठ उपाध्यक्ष दल बहादुर खड्कासहित ११ जनाले २०८१ मंसिरमा राजीनामा गरे । राजिनामापछि संघका अध्यक्ष कल्याणसिंह बोहराले ६ जना सदस्य मनोनित गरे ।

उत्त निर्णयविरुद्ध संघका निर्वतमान महासचिव शंकर बहादुर खड्काले उच्च अदालतमा रिट दिए । सोही रिटमाथि उच्च अदालत दिपायलले उक्त मनोनयन विधान सम्मत नभएको भन्दै खारेज गरेको थियो ।
२०८१ चैत्रमा अदालतले विधान बमोजिम संघका सदस्य र पदाधिकारीको समेत पदपूर्ति गर्न गराउन अत्तरिया उधोग वाणिज्य संघका नाममा परमादेश जारी गरेको थियो ।
यस्तै अदालतले कैलाली जिल्ला प्रसासनलाई बिधान बमोजिम उद्योग वाणिज्य संघ संचालन गर्न निर्देशन दिन समेत आदेश जारी गरेको थियो । त्यसपछि २०८२ असारमा संघका अध्यक्ष बोहराले नविकरणका लागि व्यवसायीहरुलाई आह्वान गरका थिए ।
व्यवसायीहरुको सदस्यता नविकरण गर्ने अध्यक्षको उक्त निर्णयले अदालतको अवहेलना भएको भन्दै निर्वतमान महासचिव खड्काले २०८२ असार २० गते रिट दर्ता गरेका थिए ।
अदालतको अवहेलना गरेको प्रमाण नपुगेको भन्दै अदालतले अध्यक्ष बोहराको पक्षमा फैसला गरेको थियो । फैसलाको पूर्ण पाठ अदालतले अझै सार्वजनिक गरेको छैन ।
फैसलाको पूर्ण पाठको पखाईमा रहेको अध्यक्ष बोहराले बताएका छन् । फैसलाको पूर्ण पाठ आएपछि व्यवसायीहरुको भेला बोलाएर आवश्यक निर्णय लिइने उनले बताएका छन् ।
















