गोदावरीमा नगर स्तरीय आधारभूत तहको परीक्षा आजदेखि

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्रका विद्यालयमा आजदेखि नगर स्तरीय आधारभूत तह (कक्षा ५ र ८) उत्तिर्ण परीक्षा सुरु हुँदै छ । आधारभूत तह अन्तरगत कक्षा ५ र ८ को परीक्षा आज बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने भएको हो ।

चैत्र १२ गतेसम्म सञ्चालन हुने परीक्षामा कक्षा ५ र ८  का जम्मा ५ हजार ८१० जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले बताएका छन् ।

nisarga

परीक्षा सञ्चालनको लागि जम्मा १४ वटा केन्द्र तोकिएको छ जसमध्य भौगोलिक विकटताका कारण तीनवटा विद्यालयमा गृहकेन्द्र तोकिएको छ ।

यस्तो छ समयसारिणी