
अत्तरिया – कैलालीको गोदावरी-२ अत्तरियामा रहेको प्लानेट भि टि मन्टेश्वरीको तेस्रो वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
मन्टेशवरीका अध्यक्ष पुष्कर शर्मा जोशीको सभाध्यक्षतामा दिवस सम्पन्न भएको हो । सञ्चालक कल्पना जोशीले पानसमा दिप प्रज्वलन गरी दिवसको उद्धघाटन गरेकी थिइन् ।

समारोहमा विद्यार्थीले आफ्ना प्रतिभाहरु प्रस्तुत गरेको उक्त समारोहमा कक्षामा उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरुस्कृत गरिएको थियो ।















